काठमाडौं– नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको विकाससँगै वस्तुहरुको उत्पादन प्रवर्द्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको थियो । करिब १ साता चलेको तालिममा ३४ जना महिलाले सहभागिता जनाएको चेम्बरको विज्ञप्तिमा उल्लेख छ ।

तालिम समापनको अवसरमा नेपाल महिला चेम्वरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिलालाई आर्थिक क्रियाकलापमा सहभागी गराउन तालिम आयोजना गरिएको बताइन् । चेम्बर महिलाले विभिन्न क्षेत्रमा तालिम आयोजना गर्दै आइरहेको भन्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।

सूचना प्रविधिमा महिला नामक संस्थाकी अध्यक्ष गुणकेशरी प्रधानले महिला सशक्तीकरणका लागि नेपाल महिला चेम्बरसँग सहकार्य गर्न गरिएको बताइन् । महिला उद्यमशीलता विकास गर्न भन्दै चेम्बरले यसअघि फोटोग्राफी, मैनबत्ती बनाउने तथा बेकरी तालिम आयोजना गरिसकेको छ ।

नेपाल महिला चेम्बरकी महासचिव लीमा अधिकारीले आर्थिक रुपमा सम्पन्न नभएसम्म महिलाको अधिकार सुनिश्चित नहुने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय