काठमाडौं– निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौं–सुर्खेत परीक्षण उडान सुुरु गरेको छ । काठमाडौं–सुर्खेत सिधा परीक्षण उडान सुरु गरेको श्रीको ८० सिट क्षमताको क्युआर–८०० जहाज सोमबार बिहान १०ः३५ धावनमार्गमा अवतरण गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले जानकारी दिए ।
पाइलट भरतसिंह थापाको नेतृत्वमा जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको उनले बताए । ‘अब नियमित उडान गर्दा कतिसम्म भार बहन गर्न सकिन्छ भन्नेबारे एयरलाइन्सका प्राविधिकले अध्ययन गर्छन् होला,’ उनले भने ।
कार्यालय प्रमुख पन्थीका अनुसार जहाजका लागि रनवे उपयुक्त रहेको तर नियमित उडानका लागि श्री एयरलायन्सले बजारको अवस्था अध्ययन गर्ने बताएको छ ।