
काठमाडौं– सरकारले सोनाम ल्होछारको अवसरमा आगामी शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको सोनाम ल्होछार माघ ३० गते परेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होछारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तामाङ, ह्योल्मो लगायत हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउँछन् ।
सुरुमा बिदाको सूची सार्वजनिक गर्दा सरकारले ल्होछार, माघे संक्रान्ति लगायत चाड पर्वको बिदा कटौती गरेको थियो । असमयमै संसद विघटन गरेर सर्वत्र आलोचित बनेको सरकारले सहानुभूति बटुल्न बिदा थपेको अनुमान गरिएको छ । सरकारले गत माघ १ गते पनि सार्वजनिक बिदा दिएको थियो ।