काठमाडौं– सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमन शर्मा नियुक्त भएका छन् । साबिकका सिइओ जनक शर्मा पौडेलले मंगलबार राजीनामा दिएपछि बैंक सञ्चालक समितिले बुधबारबाटै लागू हुने गरी शर्मालाई सिइओ नियुक्त गरेको हो । शर्माले कार्यभार सम्हालिसकेको बैंकले जनाएको छ ।
शर्माले माछापुच्छ्रे बैंकमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । सञ्चालकसँग कुरा नमिलेपछि पौड्यालले सनराइज छाडेको बताइएको छ । बैंकिङ क्षेत्रमा २२ वर्ष अनुभवी शर्मालाई चार वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरिएको हो ।