काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईलाई नियुक्त गरेको छ ।
सञ्चालक समितिको माघ २७ गते बसेको ३१५औं बैठकले साबिकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति स्वीकृतिको लागि बिमा समितिमा पठाउने निर्णय गरेको छ । सञ्चालक समितिले उनको नियुक्तीसँगै कम्पनीले नयाँ उचाइ लिने विश्वस व्यक्त गरेको छ ।
विगत ३.५ वर्षदेखि नेपाल लाइफसँग आवद्ध प्रसाईले गत साउन १ गते कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिउ । त्यसअघि उनले बिमा समितिमा ७ वर्ष काम गरेका थिए ।