काठमाडौं– संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीका श्रीमानलाई एकजना आक्रमणकारीले घरभित्रै पसेर घनले हानेको छ ।
स्थानीय समयअनुसार शुक्रबार बिहान उज्यालो नहुँदै एकजना पुरूष सभामुख पेलोसी कहाँ छिन् भन्दै सान फ्रान्सिस्कोस्थित पेलोसीको तीन तले घरमा पसेका थिए ।
पछि उनले पेलोसीका श्रीमान् ८२ वर्षीय पउल पेलोसीलाई घनले हानेको न्युयोर्क टाइम्सले जनाएको छ ।
आक्रमणकारी घरभित्र घुसेपछि पउलले बाथरूमबाट आकस्मिक नम्बर ९११ मा कल गरेका थिए ।
केहीबेरमा पुगेको प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ । ४२ वर्षीय डेभिड डेपापे नामका पुरूष आक्रमणकारीले पेलोसीमाथि किन आक्रमण गरेका हुन् भन्ने खुलेको छैन । प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
आक्रमणबाट टाउको, पाखुरा र हात चोट लागेका पउललाई जुकेरबर्ग सान फ्रान्सिस्को जनरल अस्पतालमा भर्ना गरिएको छ । उनको सर्जरी गरिएको र स्वास्थ्यमा विस्तार सुधार हुँदै गएको समाचार बिबिसीले सार्वजनिक गरेको छ ।
राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको निन्दा गरेका छन् । विपक्षी रिपब्लिकन पार्टीका हाउस अफ रिप्रिजेन्टेटिभ्स र सिनेटका नेताहरूले पनि आक्रमणको निन्दा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय