जेनेभा– कोरोना भाइरसको संक्रमण दर विश्वव्यापी रुपमै घट्न थालेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना संक्रमण दरमा १७ प्रतिशतले कमी आएको छ ।

संगठनका अनुसार पछिल्लो हप्ताको विवरणमा संक्रमितको संख्या घट्दै गएको देखिएको हो ।

पछिल्लो हप्तामा ३१ लाख नयाँ संक्रमित भेटिएको संगठनले जनाएको सिएनएनको समाचारमा उल्लेख छ । यो संख्या अघिल्लो हप्ताको तुलनामा १७ प्रतिशत कम भएको उनीहरुको भनाइ छ ।

झण्डै १५ हप्ता अगाडि गत अक्टोबरपछिको सबैभन्दा कम संक्रमित अहिले नै भएको तथ्यांकमा उल्लेख छ ।

अमेरिकी तथा युरोपेली मुलुकसँगै अफ्रिकी मुलुकहरुमा पनि संक्रमितको संख्या घट्दै गएको संगठनको भनाइ छ ।

त्यसैगरी पछिल्लो एक हप्तामा विश्वभरी ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । यो संख्या पनि अघिल्लो हप्ताको तुलनामा १० प्रतिशतले कम हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय