काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । निगमले बुधबार (माघ २८ गते) राति १२ बजेबाट लागू हुने गरी चारथरी इन्धनको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको निगमले खाना पकाउने ग्यासको मूल्य भने प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ ।

अब काठमाडौंको थानकोटबाट १५ किलोमिटर दुरीभित्रका उपभोक्ताले पेट्रोल एक लिटरका लागि ११२ रुपैयाँ तिर्नुपर्नेछ । डिजेल र मट्टितेलको हकमा प्रतिलिटर मूल्य ९५ रुपैयाँ कायम भएको छ । अन्यत्रको हकमा पनि यी तीनथरी इन्धनमा साबिकमा तिरिरहेको भन्दा दुई रुपैयाँ बढी तिर्नुपर्नेछ । ग्यासको हकमा प्रतिसिलिन्डर मूल्य १४०० रुपैयाँ कायम भएको छ ।

निगमले हवाई इन्धनको मूल्य भने बढाएको छैन ।

मूल्य बढाउँदा पनि पेट्रोलमा ५ रुपैयाँ १६ पैसा, डिजेलमा ३ रुपैयाँ १ पैसा र ग्यासमा प्रतिसिलिन्डर २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको निगमको दाबी छ ।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएपछि नेपालमा पनि समायोजन गरेको निगमको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय