काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको माधव–प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्रन सरकारले सादा पोसाकका प्रहरी परिचालन गरेको छ ।
सोधपुछका लागि बोलाउँदा झाँक्री नगएपछि पक्राउ गर्न सरकारले प्रहरी परिचालन गरेको हो ।

प्रहरीका अनुसार झाँक्रीले राष्ट्रपति विद्या भण्डारीका विषयमा दिएको अभिव्यक्तिलाई लिएर सोधपुछका लागि बोलाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिएका छन् ।

प्रहरीले झाँक्रीलाई पक्रने तयारी गरेसँगै शंखमुलस्थित उनको निवासबाहिर नेकपाका सयौं कार्यकर्ता भेला भएर नारावाजी गरिरहेका छन् ।

अहिले झाँक्री निवासमा ठूलो संख्यामा दंगा प्रहरीसमेत परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय