काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४ अर्ब ७६ करोड रुपैयाँ बराबर दाबी भुक्तानी गरेको जानकारी दिएको छ । यो नेपालको बिमा क्षेत्रमा गरिएको सर्वाधिक दाबी भुक्तानी हो ।

कम्पनीले २०७९ असोज मसान्तसम्म ५ अर्ब ३ करोड मृत्यु दाबी, १५.२६ अर्ब अवधि समाप्ति दाबी भुक्तानी र १८.५३ अर्ब आंशिक अवधि दाबी भुक्तानी गरिसकेको छ ।

यसका साथै बिमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दाबी, घातक रोग बापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधाअन्तर्गत १५ अर्ब ९४ लाख रुपैयाँ दाबी भुक्तानी गरिसकेको कम्पनीको भनाइ छ ।

बीमित र बीमकबीचको करारबमोजिम जोखिमको क्षतिपश्चात वा अवधि समाप्तिपश्चातको रकम यथासमयमा भुक्तानी (दाबी भुक्तानी) गर्न नेपाल लाइफ सदैव तत्पर रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए ।

अवधि भुक्तानी दाबी बिमाको अवधि समाप्तिपश्चात भुक्तानी गरिन्छ भने मृत्यु दाबी तथा अन्य क्षतिको दाबी बिमा अवधिभित्र जुन सुकै समयमा घटित घटनापश्चात भुक्तानी गरिन्छ । तर दाबी भुक्तानीका लागि बिमा पूर्णतया अविच्छिन्न चालू रहनु पर्छ । त्यस्तै आंशिक अवधि भुक्तानी, निश्चित अवधिको अन्तरालपछि बिमा करारमा तोकिएबमोजिम रकम भुक्तानी गरिने गरिएको छ ।

बिमितलाई छिटोछरितो चुस्त, दुरुस्त, तवरले दाबी भुक्तानी गरिरहेको नेपाल लाइफ इन्स्योरेन्सले देशैभरि सातैवटा प्रदेशमा फैलिएर रहेका १९७ क्षेत्रीय कार्यालयबाट बिमासम्बन्धी सम्पूर्ण सेवा गुणस्तरीय रुपमा प्रदान गर्दै आइरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय