काठमाडौं– चालू आर्थिक वर्षको पहिलो चौमासिक व्यापार घाटा पोहोरको तुलनामा झन्डै १६ प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरको तथ्यांक अनुसार पोहोरको तुलनामा यसपालि मुलुकको वैदेशिक व्यापार घाटा १५.८८ प्रतिशतले घटेको छ । पोहोर साउनदेखि कात्तिकसम्मको चार महिनामा ५ खर्ब ६८ अर्ब १७ करोड १८ हजार रहेको वैदेशिक व्यापार घाटा यसपालि खुम्चिएर ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख ६५ हजार कायम भएको छ ।

वस्तु आयात १८ प्रतिशतले घट्दा कुल व्यापार घाटा खुम्चिएको हो । यसपालि साउनदेखि कात्तिक मसान्तसम्ममा ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख ८१ हजार रुपैयाँको वस्तु विदेशबाट आयात भएको छ । पोहोर उक्त अवधिमा ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख १३ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

सरकारले बिलासी वर्गमा पर्ने वस्तुको आयातमा लगाएको प्रतिबन्धले व्यापार घाटा न्यूनीकरणमा योगदान गरेको देखिएको छ ।

सरकारले गत भदौ १४ गतेसम्म विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धित १० मध्ये ६ वस्तुको आयात खुला गरिए पनि निजी मोटर कार, १५० सिसीभन्दा बढी क्षमताका मोटरसाइकल, ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइट सेट र तयारी मदिरा आयातमा प्रतिबन्ध कायमै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय