काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

रौतहट जिल्लाका मुख्य निर्वाचन अधिकृत मातृका मरासिनीले अध्यक्ष नेपाल ३३ हजार पाँच सय २२ मत ल्याएर निर्वाचित भएको जानकारी दिएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९ सय २२ मत प्राप्त गरेका छन् ।

रौतहट क्षेत्र नं २ को मतगणना भने जारी रहेको मुख्य निर्वाचन अधिकृत मरासिनीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय