काठमाडौं– गरिमा विकास बैंक लिमिटेड बुधबार आफ्नो स्थापनाको १५ वर्ष पूरा गरि १६ वर्ष प्रवेश गरेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लामा १२१ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको जनाएको छ ।

करिब ७ लाख ग्राहकलाई सेवा दिइरहेको यो बैंकले ७२ अर्ब निक्षेप संकलन गरेको ६३ अर्ब कर्जा लगानी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकको वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरु निरन्तर सन्तोषजनक रहँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको बताएको छ । बुधबार बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, कोहलपुर, बेनी, बुटवल, वालिङ, पोखरा, नारायणगढ, मलंगवा र चन्द्रगढी कलस्टर तथा शाखा कार्यालयमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ६१३ युनिट रगत संकलन भएको छ । सोही अवसरमा बैंकले क्रेडिट कार्ड सेवा सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर