काठमाडौं– फर्स्ट माइक्रोफाइनान्स लिमिटेडले अघिल्लो आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई बोनस सेयर दिने भएको छ ।

कम्पनीले गत असार मसान्तसम्म कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । उक्त बोनस सेयरमा लाग्ने करका लागि १ प्रतिशत लाभांश समेत दिनेछ ।

मंसिर १५ गते बसेको लघुवित्तको सञ्चालक समिति बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय