काठमाडौं– स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छुट दिने योजना सार्वजनिक गरेको छ ।

यो अफरअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम १ सय ५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकले बिग मार्टको सम्पूर्ण शाखामा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

यस अफरअन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआइसी एसिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास, क्यु पे तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय