काठमाडौं– एक लाखभन्दा माथि उक्लेर फेरि ८६–८७ हजार हाराहारी ओर्लेको प्रतितोला सुनको मूल्य फेरि लाख हाराहारी पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य ९९ हजार ९०० तोकेको छ । यो अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँले बढी हो ।

आइतबार प्रतितोला ९९ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार ९०० पुगेको हो ।

महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३ सय ८५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर