काठमाडौं– सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियान थालनी गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पूको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मूल्य सबै क्युआर कोडमार्पmत भुक्तानी गरी उक्त अभियान उद्घाटन गरेको बैंकले जनाएको छ । सिन्धुली क्षेत्रमा चल्ने ७४ वटा टेम्पू (तीनपांग्रे सवारी) तथा ३४ वटा अन्य विभिन्न व्यापारीलाई क्युआर कोड वितरण गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, कार्यकारी निर्देशक भुवन कँडेल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय जनकपुरका प्रमुख निर्देशक दुर्गेशगोपाल श्रेष्ठ, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल, डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख भोलाबहादुर विष्ट, बागमती प्रदेशका प्रमुख सुरज दाहाल, कमलामाई नगरपालिका मेयर खड्ग खत्री, उद्योग वाणिज्य संघ सिन्धुलीका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, टेम्पू यातायात व्यवसायी लगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्व, उद्योगी, व्यवसायी, र सर्वसाधरणको बाक्लो उपस्थिति रहेको बैंकले जनाएको छ ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा बिदेसिने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरिहार्य कुरा भएको बताए । साथै नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानुपर्ने पनि बताए ।

सिभिलका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले आफ्नो स्वागत मन्तव्यमा क्युआर कोड प्रविधिको प्रक्रिया तथा प्रभावकारिता बारे प्रस्ट्याएका थिए ।

बैंकले आफ्नो ग्राहकलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणालीमार्फत विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै यातायातका अन्य माध्यममा पनि क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनमा पनि यस्तै खालको सेवा ल्याउँदै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

पाँच लाखभन्दा बढी ग्राहकलाई ११४ शाखा तथा ६ एक्सटेन्सन काउन्टरमार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले ७८ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ७१ अर्बभन्दा बढी कर्जा लगानी गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय