काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३.१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । सोमध्ये १२.५० प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद लाभांश रहेको बैंकको भनाइ छ । नगद लाभांश बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि हो ।

मंसिर २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले घोषित लाभांश पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर