काठमाडौं– नेपाली सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ६ सयले बढेर १ लाख ३०० पुगेको छ । बिहीबार प्रतितोला ९९ हजार ७०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार २०० रुपैयाँ थियो ।

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ३९० पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय