काठमाडौं– चालू आर्थिक वर्षको कात्तिक मसान्तमा देशको शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा पुगेको छ । यो गत असोजको तुलनामा ८ अर्बलबढी हो । असोजमा देशको शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा थियो ।
विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध, ब्याजदर बृद्धि र कर्जा नियन्त्रणको परिणामस्वरुप १४ महिनापछि असोज मसान्तमा शोधनान्तर स्थिति बचतमा गएको थियो । कात्तिकमा बचत थपिएको हो ।
गत कात्तिक मसान्तमा चालू खाता ३५ अर्ब ४० करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकको ताजा तथ्यांकले देखाएको छ छ । गत आवको सोही अवधिमा यस्तो घाटा २२० अर्ब ९१ करोडे थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८६ करोडले घाटामा रहेको चालू खाता यो वर्ष कात्तिकमा २८ करोडले घाटामा छ ।
चालू आर्थिक वर्षको चार महिनामा पुँजीगत ट्रान्सफर १८.१ प्रतिशतले वृद्धि भई २ अर्ब ९७ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४३ करोड आएको छ । गत आवमा सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ५२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६३ करोड प्राप्त भएको थियो ।