काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ४१.०२ दुई अंकले ओरालो लागेर २१४९.४१ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.८९ अंकले ओरालो लागेर ४११.२५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ ।

कारोबार भएकामध्ये २१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । यस्तै, १ सय ८४ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । १ करोड ४४ लाख ८२ हजार ९ सय ५९ कित्ता सेयर ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७ सय २४ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण ३१ खर्ब ३ अर्ब १५ करोड ६९ लाख ४७ हजार ६ सय २५ बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको २२ करोड २० लाख १२ हजार १ सय ३१ बराबरको कारोबार भयो । रिडी पावर कम्पनी १७ करोड ८३ लाख १० हजार ८ सय २२, ङादी पावर कम्पनी १६ करोड ९४ लाख २० हजार ६ सय ७०, अपि पावर कम्पनी १४ करोड ४ लाख ४५ हजार ८ सय र माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी १२ करोड ८४ लाख ९९ हजार ९ सय २३ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भए । नेप्सेका अनुसार कुमारी धनवृद्धि

योजना, सिङ्गटी हाइड्रो इनर्जी र बाराही हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, एनआइबीएल समृद्धि फन्ड दोस्रो ९.३० र मध्य भोटेकोसी जलविद्युत् कम्पनीका लगानीकर्ताले ७.६१ प्रतिशतले कमाउका छन् । त्यस्तै, गुराँस लघुवित्त ९.१८, कालिका पावर कम्पनी ८.४८, बलेफी हाइड्रोपावर ७.४४, स्वाभिमान लघुवित्त ७.३१ र खप्तड लघुवित्तको शेयर मूल्य ७.३० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय