काठमाडौं– नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय तोकिएको छ । उक्त सुन हिजो प्रतितोला १ लाख ३ हजार ४ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४ सय पुगेकामा अघिल्लो दिन १ लाख २ हजार ९ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३ सय ६५ कायम भएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय