काठमाडौं– नेकपा एमालेका पूर्वउपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।

भुसालले शुक्रबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गरी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेको घोषणा गरेका हुन् ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। एकीकृत समाजवादीले भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ । भुसालले एकीकृत समाजवादी पार्टीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय