काठमाडौं– जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान सञ्चालनमा ल्याएको छ ।

कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गरेको कम्पनीले जानकारी गराएको छ ।

सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकासक्रमसँग आफ्ना ग्राहक तथा अभिकर्तालाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अभियान सञ्चालनमा ल्याइएको हो ।

माघ महिनाभरि बीमा शुल्कको नवीकरण अनलाइन माध्यमबाट भुक्तानी गर्ने ग्राहकलाई विभिन्न उपहारको व्यवस्था गरिएको कुरा कम्पनीले जनाएको छ । भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नवीकरण शुल्क भुक्तानी गर्नेमध्येबाट हरेक हप्ता एकजना भाग्यशाली विजेतालाई इयरबड प्रदान गरिने बताइएको छ । त्यसैगरी, पहिलोपटक खल्तीको प्रयोग गरी बीमा शुल्कको नवीकरण गर्ने सबैलाई सय रुपैयाा क्यासब्याक प्रदान गरिने समेत कम्पनीले जनाएको छ ।

प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पादन गर्न अब्बल रहेको दाबी गर्ने यो कम्पनीले बीमाशुल्क नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायक ई(सेवा, खल्ती, फोन(पे, कनेक्ट आइपीएस, आइएम ई-पे र प्रभु-पेसँग सम्झौता गरेको छ । कम्पनीका ग्राहकहरुले घरमै बसेर आफ्नो प्रिमियम भुक्तानी गर्न सक्छन् ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार समेत सुरक्षित हुने विश्वास व्यक्त गरे । आगामी दिनमा कम्पनीलाई झन् प्रविधिमैत्री बनाई ग्राहक महानुभावलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेको कुरा समेत पराजुलीले बताए ।

२०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय