काठमाडौं– माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेपछि माघ १३ गतेदेखि सर्वसाधारणको लागि प्रतिकित्ता १०० अंकित दरमा १९ लाख ९२ हजार कित्ता सेयरको प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी १ अर्बको ३४ प्रतिशतले हुने ३४ करोड रुपैयाँ मूल्य बराबरको कुल ३४ लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि कुल १० लाख कित्ता सेयर बाँडफाँट गरिसकेको छ । त्यस्तै २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १ लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँट गरिएको र ४८ हजार कित्ता कर्मचारीलाई छुट्ट्याई बाँकी १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले निष्कासन गर्ने सेयरमा लगानीकर्ताले छिटोमा यही माघ १७ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे माघ २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत र ‘मेरो सेयर’बाट आवेदन दिन सकिने जनाइएको छ ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर बीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले संखुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४.९ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजना निर्माण गरेकोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर