काठमाडौं– प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ । संस्थाको बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

आव ०७६/७७ को वितरण योग्य नाफाबाट कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने करका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाद्वारा प्रस्तावित उक्त लाभांश बिमा समितिको स्वीकृती तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय