काठमाडौं– पोखरामा आइतबार एक युवकले आत्मदाहको प्रयास गरेको मान्न मिल्ने घटना घटेको छ । संसद् भवनअगाडि इलामका युवाले आत्मदाह गरेको एक हप्ता हुँदा नहुँदै पोखरा महानगरपालिका १३ बस्ने युुवाले आइतबार बिहान आत्मदाहको प्रयास गरेका हुन् ।

भाडामा बसेका युवा शौचालय गएर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । घटना थाहा पाएपछि आगो निभाउन गएकी घरपेटी महिला पनि घाइते भएको प्रहरीले जनाएको छ ।

दुवै घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय