काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.७० विन्दुले ओरालो लागेर २१११.६८ कायम भएको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३६ अंकले ओरालो लागेर ४००.६२ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ भने अन्य १२ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।

७५ लाख ५३ हजार २३५ कित्ता सेयर २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४०० मूल्यमा खरिदबिक्री भयो । आजको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब ४७ अर्ब २६ करोड ६९ लाख ३९ हजार ३३४ बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको१९ करोड २० लाख ५४ हजार ५८७ रुपैयाँको कारोबार भएको छ ।

यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स १४ करोड ३७ लाख ३ हजार, गुराँस लाइफ इन्स्योरेन्स ७ करोड ६७ लाख ७२ हजार ३८८, एनआइसी एशिया बैंक ७ करोड १० लाख ८३ हजार ४०३ र सूर्योज्योति लाइफ इन्स्योरन्स ६ करोड ७१ लाख ३५ हजार ३५६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर ७.३७, लुम्बिनी जनरल इन्स्योरेन्स ६.२०, इस्टर्न हाइड्रोपावर ५.८६, पिपल्स पावर कम्पनीका लगानीकर्ताले ४.६३ प्रतिशतले कमाएका छन् ।

यस्तै, प्राइम लाइफ इन्स्योरेन्स ५.२१, मनकामना स्मार्ट लघुवित्त ४.९७, गणपति लघुवित्त ४.४६, सगरमाथा इन्स्योरेन्स ४.३० र नेरुडे लघुवित्तका लगानीकर्ताले ४.०९ प्रतिशतले गुमाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय