काठमाडौं– आदर्श लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्तले लाभांश घोषणा गरेका छन् । दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

आदर्श लघुवित्तले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आदर्शले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल लघुवित्त संस्थाको चुक्ता पुँजी २ करोड ७ लाख छ ।

यस्तै, नाडेप लघुवित्तले १०.५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । नाडेपले १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगदको प्रस्ताव गरेको हो । यसको चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय