काठमाडौं– अघिल्लो दिन प्रतितोला १२ सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार १४ सय रुपैयाँले घटेको छ ।

बिहीबार १२ सय रुपैयाँले मूल्य बढ्दा सुनको भाउले कीर्तिमान कायम गरेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुन एक तोलाको मूल्य १ लाख ७ हजार ५०० रुपैयाँ तोकेको थियो । शुक्रबारका लागि भने महासंघले सुनको मूल्य प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँ तोकेको छ ।

महासंघले तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ६०० रुपैयाँ तोकेको छ । यसको मूल्य अघिल्लो दिन १ लाख ७ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० ले घटेर १ हजार ३ सय ६५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय