काठमाडौं– नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । ९५ वर्षीय राणाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान उनको निधन भएको हो ।

लामो समयदेखि स्वासप्रस्वासको समस्या झेल्दै आएका राणालाई निमोनिया भएपछि केही दिनअघि नर्भिक भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुन् । पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए । उनको आइतबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय