काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला २ हजार रुपैयाँले घटेको छ ।

अधिल्लो दिन प्रतितोला १ लाख ६ हजार १ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ४ हजार १ सय तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय छ । अघिल्लो दिन उक्त सुन १ लाख ५ हजार ६ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४५ घटेर १ हजार ३ सय २० तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय