काठमाडौं– विश्वभरि हालसम्म उत्पादित खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशमा सीमित रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ ।

यो खोपको कुल मात्रामध्ये अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी, स्पेन र क्यानडाले ९५ प्रतिशत खोपमा आफ्नो पहुँच जमाउँदै आएको उक्त शाखाले जनाएको छ ।

डब्ल्युएचओको युरोप क्षेत्रीय निर्देशक हान्स क्लुगले अनलाइनमार्फत गरेको पत्रकार सम्मेलनमा भने, ‘सामूहिक रूपमा हामी कुनै पनि देश वा समुदायलाई पछाडि छोड्न सक्दैनौं ।’

क्लुगले भने, ‘डब्ल्युएचओले सबै मुलुकमा खोप पठाउनका लागि काम गरिरहेको छ तर यसको लागि प्रत्येक मुलुकले योगदान पु¥याउन, अनुदान दिन र सहयोग पु¥याउन र खोपहरूको उचित पहुँच र प्रयोग आवश्यक छ ।’

‘आवर वर्ल्ड इन डाटा’ नामक वेबसाइटका अनुसार अहिलेसम्म विश्वभर तीन करोड २० लाख कोभिड–१९ विरूद्धका खोप प्रयोगमा आइसकेका छन् । रूस र केही मध्य एसियाली मुलुकसहित डब्ल्युएचओको युरोपेली क्षेत्रका ५३ देशमध्ये मात्रै ३१ मुलुकमा खोप अभियान सञ्चालन गरेका पनि ‘आवर वल्र्ड इन डाटा’ले जानकारी गराएको छ ।

खोप अभियानको थालनी भए पनि केही देशहरूमा खोप अभियानले खासै गति लिएको छैन । नयाँ खालका संक्रमणका विरामीहरूका कारण विशेष गरी अंग्रेजी र दक्षिण अफ्रिकी समूह राष्ट्रहरूका कारण चिन्ताजनक बनेको छ ।

‘यो अवस्था चासोको विषय हो,’ उनले भने । युरोपेली क्षेत्रमा रसियालगायत २५ देशहरूमा बेलायतमा पहिलो पटक फेला परेका नयाँ प्रकारका कोभिड–१९ का विरामीहरू भेटिएका उनले बताए ।

‘अहिलेसम्म हामी बुझ्छौं यस प्रकारले यो नयाँ रोगमा कुनै खास परिवर्तन आएको देखिएको छैन । त्यसैले अबका दिनमा पनि कोभिड–१९ कम गम्भीर समस्या हुने छैन,’ क्लुगले भने ।

‘हामी एकै साथ दुई कारणका लागि चिन्तित छौं पहिलो विश्वमा अझैपनि देखिएको यस प्रकारको उच्च प्रसारण दर र दोस्रो यसको खोपको अर्थ के हो भन्ने प्रश्न हो,’ क्लुगले थपे । यद्यपि उनले आशावादी हुने आधारहरू बाँकी रहेकोमा जोड दिए, ‘सन् २०२१ कोरोना भाइरसको अर्को वर्ष हुनेछ तर यो नियनत्रणका लागि अधिक पूर्वानुमान गर्न सकिने वर्ष हुनेछ । आगामी दिनमा योजनावद्ध रूपमा विश्व समुदाय प्रतिवद्ध बनेमा नियन्त्रण गर्न सजिलो हुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय