
काठमाडौं– सिरियाली सीमा नजिकैको दक्षिणपूर्वी टर्की र सिरियामा शक्तिशाली भुइँचालो जाँदा ठूलो मानवीय क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले जनाएका छन् ।
दुवै देशका अधिकारीहरुले ५ सयभन्दा बढीको निधन भइसकेको र मृतक संख्या अझै बढ्न सक्ने बताएका छन् । उद्धारकर्मीहरुले भत्किएका भवनमुनि पुरिएका व्यक्तिलाई बाहिर निकाल्न प्रयत्न गरिरहेका छन् ।
टर्कीले आपतकालीन अवस्था घोषणा गर्दै सर्वसाधारणलाई मोबाइल फोन प्रयोग नगरी उद्धारकर्मीको समन्वय सजिलो बनाउन आग्रह गरेका छ ।
७.८ म्याग्निच्युडको भूकम्पपछि दर्जनौं परकम्पका धक्का महसुस गरिएको बताइएको छ । भूकम्पको धक्का टर्की, सिरिया, लेबनन, साइप्रस र इजरायलसम्म महसुस गरिएको थियो । भुइँचालोको केन्द्रबिन्दु टर्कीको गाजिअन्टेप सहर नजिकै रहेको बताइएको छ ।