काठमाडौं– धितोपत्र दोस्रो बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च बिन्दुले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ बिन्दुले उकालो लागेर २१७७.३४ कायम भएको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.७२ बिन्दुले बढेर ४१४.८७ मा पुगेको छ । यस्तै, कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्य बढेको छ । कारोबार भएका २१५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा एउटा मात्रै कम्पनीको मूल्यमा स्थिर रहेको छ ।

विभिन्न कम्पनीका ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ मूल्यमा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण ३१ खर्ब ४२ अर्ब २ करोड ३२ लाख ४४ हजार १८६ पुगेको छ ।

कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । यसको सेयर १२ करोड ९२ लाख ४२ हजार ७२६ मा कारोबार भएको छ । यस्तै, न्यादी ग्रुप पावर ११ करोड ३ लाख ७० हजार ५४४, अपि पावर कम्पनी ९ करोड ३९ लाख ९९ हजार ८३४ र हिमालयन डिस्टिलरी ६ करोड ६४ लाख ७२ हजार १७२ रुपैयाँको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् कम्पनी, आदर्श लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, रिडी पावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ ।

यस्तै, आइसिएफसी फाइनान्स कम्पनीको ऋणपत्र ५.९०, एभेस्ट बैंकको ऋणपत्र १.९५, एनआइबिएल प्रगति फन्ड १.६९, नेपाल एसबिआई बैंकको ऋणपत्र १.५८ र लक्ष्मी बैंकको ऋणपत्रको मूल्य १.२९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर