
काठमाडौं– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समीक्षामार्फत आफ्ना मागहरु सम्बोधन हुने लगानीकर्ताको अपेक्षामा भने तुषारापात भएको छ ।
सेयर बजारका लगार्नकताले सेयर धितो कर्जामा राष्ट्र बैंकले लागू गरेको १२ करोडको सीमा हटाउने अपेक्षा गरेका थिए । तर समीक्षा यस विषयमा बोलेको छैन ।
सेयर बजार ओरालो लाग्नुको कारणमध्ये एक मानिएको उक्त सीमा हटाउनुपर्नेमा लगानीकर्ता जोड दिँदै आएका छन् । ३२०० सम्म पुगेको सेयर बजार परिसूचक राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा तोक्ने लगायत कारणले घटेर १८०० हाराहारी ओर्लेको थियो ।