काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको पहिलो दिन आइतबार उच्च बिन्दुको गिरावट देखिएको छ । यस दिन नेप्से ६०.७७ बिन्दुले घटेर २१२१.८६ कायम भएको छ ।

यस दिन २ सय ५३ वटा कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर ५१ हजार २२६ पटक खरिदबिक्री हुँदा ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचकमा गिरावट देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ३ सय ५७.१३ र निर्जीवन बीमा समूहको उपसूचक २३८.३६ बिन्दुले घटेको छ । बैंकिङ समूह २७.९७, विकास बैंक समूह १४१.५९, वित्त समूह ८४.७० र होटल तथा पर्यटन समूह ९०.८७ बिन्दुले घटेको छ ।

त्यस्तै, जलविद्युत् समूह ११०.६५, लगानी समूह २.६३, उत्पादन तथा प्रशोधन समूह २२०.७३ र लघुवित्त समूहको उपसूचक १०२.७३ बिन्दुले घटेको छ । आज म्युचुअल फन्ड ०.१२, अन्य समूह ३७ दशमलव १६ र व्यापार समूह ४०.१६ बिन्दुले घटेको छ ।

यस दिन सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ४.४८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा न्यादी ग्रुप पावर लिमिटेडको सेयर ६.६० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा हिमालय डिस्टिलरी लिमिटेडको १४ करोड ३७ लाख ६८ हजार ८९५ बराबरको कारोबार भएको छ ।

कारोबार भएका सेयर संख्या आधारमा न्यादी ग्रुप पावर लिमिटेडको ३ लाख ७३ हजार ८५४ कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय