काठमाडौं- सार्वजनिक यातायात मजदुर संगठनहरुको आह्वानमा भएको आन्दोलन स्थगित भएको छ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि आन्दोलन स्थगित भएको हो ।

मंगलबार सरकार र मजदुर संगठनबीच सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता भएको थियो । उक्त वार्तामा सहमति जुटेपछि आन्दोलन स्थगित गर्न व्यवसायी र मजदुर राजी भएका हुन् ।

मंगलबार बिहानैदेखि बन्द रहेका सार्वजनिक यातायात तत्काल सुचारु हुने बताइएको छ । अखिल नेपाल स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राइले उपत्यकाको सार्वजनिक सवारी बन्द फिर्तासँगै भोलिदेखि आह्वान भएको देशव्यापी आन्दोलन समेत फिर्ता भएको जानकारी दिए ।

यातायात मजदुर संगठनहरूले १० बुँदे माग राख्दै ११ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय