धनगढी– नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी कैलाली कारागारबाट आइतबार रिहा भएका छन् ।

चौधरीलाई थरुहट आन्दोलनताका २०६६ भदौ ३ गते बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको घटनामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले दोषी ठहर गरी ६ महिना कैद सजाय सुनाएको थियो ।

चौधरीसहित तीन जनालाई जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउनुपर्ने फैसला गरेको थियो । ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते प्रहरीले पक्राउ गरेको थियो । थुनामा परेपछि उनी निलम्बनमा परेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा चौधरीसहित ३९५ जना कैदीको सजाय माफी गरेकी थिइन् । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आवश्यक प्रक्रिया पूरा गरी चौधरीलाई रिहा गरिएको जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय