काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको प्रशासनिक सफ्टवेयर, सर्भर डाउन हुँदा फेरि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।

‘केही समयदेखि अध्यागमनको सफ्टवेयरमा समस्या छ । समस्या समाधानका लागि प्राविधिक टोली खटिइसकेका छन्, अबको केही बेरमै नै समस्या समाधान हुनेमा आशावादी छौं,’ विमानस्थल प्रवक्ता टेकनाथ सिटौला भने ।

सोमबार दिउँसो करिब १ बजेदेखि विमानस्थलस्थित अध्यागमन विभागमा सफ्टवेयरमा समस्या आएको हो । सर्भर समस्या आएपछि अध्यागमनको प्रस्थान र अध्यागमनको काम रोकिँदा उडान प्रभावित भएको सिटौलाको भनाइ छ ।

विमानस्थल र अध्यागमनमा सञ्चालित सफ्टवेयर सिंहदरबारकै भएकाले त्यहाँ समस्या आउँदा विमानस्थलमा पनि समस्या देखिने प्रवक्ता सिटौलाको भनाइ छ ।

यसअघि माघ १५ गते प्रायः सबै सरकारी वेबसाइट एकैपटक डाउन हुँदा उडानका साथै अनलाइन आवश्यक पर्ने सबै सरकारी काम ठप्प हुन पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय