काठमाडौं– एनआइसी एसिया क्यापिटल लिमिटेडको फागुन ८ गते सोमबार सम्पन्न सञ्चालक समितिको १२०औं बैठकले सोही मितिदेखि लागू हुने गरी कम्पनी सञ्चालक समितिको अध्यक्षमा सन्तोषकुमार राठीलाई नियुक्त गरेको छ ।

एनआइसी एसिया बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीको बैंकिङ क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
राठीको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउने अपेक्षा कम्पनीको छ ।

एनआइसी एसिया क्यापिटलले आर्थिक वर्ष २०७९–८० को दोस्रो त्रैमाससम्ममा ५ करोड ६१ लाखभन्दा बढी खुद मुनाफा आर्जन गरी प्रतिसेयर आम्दानी ५६.१० रुपैयाँ कायम गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय