काठमाडौं– आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीले इन्सोरेन्स पोलिसी नवीकरण बापतको शुल्क आइएमई पेमार्फत भुक्तान गर्न सक्नेछन् ।
सम्झौतापत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमानसिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेको आइएमई पेको विज्ञप्तिमा उल्लेख छ ।
आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आइएमई पे मोबाइल वालेट एप विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।