काठमाडौं– चालू आर्थिक वर्षको पहिलो ७ महिनामा मुलुकको अन्तर्राष्ट्रिय व्यापार घाटा सवा ८ खर्ब नाघेको छ ।

आयात निर्यातको तथ्यांक राख्ने निकाय भन्सार विभागले बुधवार सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत साउन १ गतेदेखि माघ मसान्तसम्ममा नेपालले ९ खर्ब १९ खर्ब १६ करोडभन्दा बढीको वस्तु विदेशबाट आयात गरेको छ ।

सोही अवधिमा ९३ अर्ब ४३ करोडभन्दा बढीको वस्तु नेपालबाट निकासी भएको छ । यस अवधिको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी हो ।

चालु आर्थिक वर्षको पहिलो ७ महिनाको व्यापार घाटा पोहोरको तुलनामा १८.७१ प्रतिशतले कम हो । पोहोर यही अवधिको व्यापार घाटा १० खर्ब १५ अर्बभन्दा बढी थियो ।

यसपालि पोहोरको तुलनामा आयात निर्यात दुवै घटेको देखिन्छ । यस अवधिमा आयात १९.९० र निर्यात २९.०३ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाउँछ । आयात निर्यात दुवै घट्दा कुल वैदेशिक व्यापारको आकार २०.८४ प्रतिशतले घटेर १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँ बराबर भएको छ ।

आयात निर्यात अनुपात गत वर्ष ८.७२ रहेकोमा ९.८४ रहेको छ । कुल वैदेशिक व्यापारमा निर्यातको ९.२३ र आयातको ९०.७७ प्रतिशत योगदान रहेको भन्सारको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय