काठमाडौं– आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेकोे हो ।

कम्पनीले आफ्नो जारी पुँजी ६ करोड २३ लाख ३८ हजारको ३२.६२५ प्रतिशतअर्थात् २ करोड ३ लाख ३८ हजार बराबरको प्रतिशेयर १ सय रुपैयाँ दरका २ लाख ३ हजार ३ सय ८० कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो । जसमध्ये २० हजार ३ सय ३८ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको र ३ हजार १ सय १७ कित्ता सेयर कर्मचारी तथा १० हजार १ सय ७० कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको १ लाख ६९ हजार ७ सय ५५ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको छ ।

निष्कासित सेयरमा लगानीकर्ताले यही फागुन १५ गतेभित्र आवेदन दिनुपर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता शेयरसम्मको आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा अनलाइनमा ‘मेरो सेयर’मार्फत सेयर खरिदको आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय