काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोखा दिएपछि नेकपा (एमाले)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

एमालेकै समर्थनमा प्रधानमन्त्री बनेका दाहालले राष्ट्रपति एमालेलाई दिने पुस १० को सहमति लत्याएपछि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो । ऊबेला कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै आफूले पाउनुपर्ने अड्डी लिएपछि एकाएक बालकोट पुगेर ओलीको आशिर्वादमा प्रधानमन्त्री बनेका दाहालले अहिले कांग्रेसका राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेपछि एमाले चिढिएको हो ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सोमबार बिहान बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।
सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय सचिवालय बैठकले गरेको पनि उनले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय