
काठमाडौं– समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने भएको छ ।
संस्थाले हाल कायम चुक्ता पुँजीको १३.५६२७५३ प्रतिशतका दरले बोनस सेयर दिने घोषणा गरेको हो । सोको कर प्रयोजनार्थ ०.७१३८२९ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने फागुन १५ मा सम्पन्न संस्था सञ्चालक समितिले निर्णय गरेको छ । बोनस सेयर र नगद गरी संस्थाले १४.२७६५८२ प्रतिशत लाभांश वितरण गर्ने बताइएको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सो लाभांश वितरण गरिनेछ ।