काठमाडौं– आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश दर घटाएको छ । फागुन १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश दर घटाउने निर्णय गरेको हो ।

लघुवित्तले अब कुल १५ प्रतिशत लाभांश वितरण गर्नेछ । सोमध्ये १४.२८ प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) हुनेछ । यसअघि लघुवित्तले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको थियो ।

नेपाल राष्ट्र बैंकको पत्रअनुसार सो लाभांश परिमार्जन गरिएको लघुवित्तले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय