काठमाडौं– जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा फागुन २५ गतेदेखि आफ्नो निर्धारित उडान पुनः सुरु गर्ने घोषणा गरेको छ । जजिराले फागुन २५ देखि भैरहवाबाट साप्ताहिक रुपमा ३ वटा उडान गर्नेछ ।

जजिराले भैरहवाबाट कुवेतको लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समयअनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ भने कुवेतमा स्थानीय समयअनुसार बिहान १०ः५५ बजे अवतरण गर्नेछ । साथै जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ को विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ ।

नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अध्यक्ष रविचन्द्र सिंहले यस सम्बन्धमा टिप्पणी गर्दै भने, ‘नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजीरा एयरवेजको प्रतिबद्धता अनुसार नै हामीले मध्यपूर्वमा बसोबास गर्ने विशेष गरी भारतीय नागरिकका बीचमा लुम्बिनिलाई भगवान बुद्धको जन्मस्थल साथसाथै आध्यात्मिक गन्तव्यको रुपमा प्रवर्द्धन गर्दै छौं । यस प्रवर्द्धनले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्नुका साथै सम्पूर्ण पश्चिम भेगको पर्यटकीय परिस्थितिमा र राष्ट्रको समग्र आर्थिक बृद्धिमा सहयोग पुर्याउँछ भन्नेमा हामी विश्वस्त छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय