काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट देखिएको छ । आज परिसूचक २४.४४ बिन्दुले घटेर १९९५.४९ कायम भएको हो ।

नेप्से परिसूचक करिब दुई महिनापछि २००० भन्दा तल झरेको हो । आज २५७ वटा कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर २६ हजार ४५४ पटक खरिद–बिक्री हुँदा १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४०० रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक १५६.८१ र उत्पादन समूहको उपसूचक १११.२० विन्दुले घटेको छ । बैंकिङ समूह ७.६३, विकास बैंक ५१.४५, वित्त समूह १०.५७, होटल तथा पर्यटन समूह ४७.०७ र जलविद्युत् समूह ३४.९५ बिन्दुले घटेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

आज लघुवित्त समूहको उपसूचक १०४.६७ र निर्जीवन बीमा समूहको ९७.६२ बिन्दुले घटेको छ । लगानी समूह ०.५६, म्युचुअल फन्ड ०.११ व्यापार समूह २७.७१ र अन्य समूह १९.११ बिन्दुले घटेको छ । आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै बोटलर्स नेपाल (तराई) लिमिटेडको सेयर मूल्य ९.६१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ८ करोड ७२ लाख ३७ हजार बराबरको १ लाख ७९ हजार ४९० कित्ता सेयर खरिद–बिक्री भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय