काठमाडौं– विद्युत् नियमन आयोगले लिबर्टी इनर्जी कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न सहमति दिएको छ । आयोगको १८७औं बैठकले कम्पनीलाई हकप्रद निष्कासन गर्न सहमति दिएको हो ।
आयोगले कम्पनीलाई हालको चुक्ता पुँजीको ५० प्रतिशत बराबर हकप्रद निष्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजान अनुमति दिएको हो । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशत हकप्रद निष्कासन गर्न चाहेको छ ।
प्रस्तावित हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।